Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?


    बिहिबार, मंसिर १ २०७९
    970
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आज मङ्सिर १ गते साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ । 

    हिजो बुधबार १३.४० अंक (०.७१ प्रतिशत) ले बढेको नेप्से आज बिहीबार भने २५.५७ अंक (१.३४ प्रतिशत)ले वृद्धि भएर १९३६.८३ अंकमा बन्द भएको छ ।  बिहीबार बजार परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेसँगै सबै उपसूचकमा वृद्धि हुँदा हाइड्रोपावर उपसूचक सर्वाधिक ३.१४ प्रतिशतले बढेको छ ।

    बिहीबार कारोबार रकम पनि बढेर १ अर्ब ७० करोड भन्दा माथि पुगेको छ । बुधबार ८६ करोडको कारोबार भएको बजारमा बिहीबार ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजारको कारोबार भएको नेप्सले जनाएको छ। 

    बिहीबार नेप्सेमा रिडी हाइड्रोपावरको सर्वाधिक १४ करोड ३९ लाख १६ हजारको कारोबार हुँदा शिवम् सिमेन्टको १३ करोड ४० लाख २७ हजारको कारोबार भएको छ । हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ६४ हजारको कारोबार भएको छ ।

    बजारमा कुल १८७ कम्पनीको सेयर सेयर कारोबार हुँदा १७२ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीको सेयर मूल्यमा गिरावट हुँदा २ कम्पनीको सेयर मूल्य स्थिर छ ।

    जमसध्ये सिक्लेस हाइड्रोपावर सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ । यस्तै बोटलर्स नेपाल तराइको सेयर मूल्य ७.५१ प्रतिशतले बढेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार