Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जनकपुरमा थपियो निषेधाज्ञाको अवधि


    आइतबार, साउन २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । जनकपुरमा लगाइएको निषेधाज्ञा सात दिनका लागि थपिएको छ। सीमावर्ती जिल्लामा कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिकासहित जिल्लाका केही क्षेत्रमा साउन १९ गतेमध्ये रातिदेखि लागु गरिएको निषेधाज्ञा ७ दिनका लागि थपेको हो।

    जनकपुरधाम उपमहानगरपालिका क्षेत्र तथा जनकपुर ढल्केवर सडक खण्डको क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर औरही खोला क्षेत्रलाई समेटेर निषेधाज्ञा आदेश जारी गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए।

    कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिन जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा र स्थल आइतबार सोमबार बिहा ६ बजेदेखि लागू हुने गरी एक साताका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार