Nepal Face
  • आइतबार, १० साउन २०८३
  • निर्वाचन अनुगमन गर्न  माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त काठमाडौं आइपुगे


    बिहिबार, मंसिर १ २०७९
    805
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको अनुगमन गर्न माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद तौफिक आयोगको निमन्त्रणमा दुई सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज काठमाडौं आइपुगेका छन् । निर्वाचन आयोगका सहसचिव विश्वप्रसाद अर्यालले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् । 

    माल्दिभ्समा प्रमुख आयुक्तलाई निर्वाचन आयोगको अध्यक्ष भनिन्छ । 

    तौफिकले काठमाडौंमा मतदानको अनुगमन गर्नेछन् । आयोगको निमन्त्रणामा मतदानको अनुगमन गर्न छिमेकी भारतबाट भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त एवं एसाेसिएसन अफ वर्ल्ड इलेक्टोरल बडिजका अध्यक्ष राजिभ कुमार, बंगलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अवल, भुटानका प्रमुख आयुक्त सोनम तोप्गे पनि आउँदै छन् । 

    त्यस्तै, श्रीलंका र दक्षिण कोरियाबाट आयुक्त आउँदै छन् । उनीहरू भोलि आइपुग्ने सहप्रवक्ता भट्टराईले जानकारी दिए । मतदानको अनुगमनका लागि जापानका विदेश राज्यमन्त्रीको नेतृत्वमा पाँच सदस्यीय टोली पनि आउँदै छ । जापानी टोली मतदानकै दिन आइपुग्ने स्रोतले जनाएको छ।  

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार