Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तोलामै ४ सय रुपैयाँले घट्यो सुनको मुल्य 


    बिहिबार, मंसिर १ २०७९
    840
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । आज मंसिर १ गते बिहीबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेर कारोबार भइरहेको छ। हिजो बुधबारको तुलनामा सुन प्रतितोला ४ सय रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। आज बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घटेको हो। आज चाँदीको मूल्य प्रतितोला १२ सय ८५ रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार