Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज ४३ जना डिस्चार्ज, ३८० जनामा संक्रमण पुष्टि


    आइतबार, साउन २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घन्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २४ घन्टामा गरिएको ८ हजार ५ सय १५ जनाको पीसीआर परीक्षणमा यी कोरोना देखिएको बताए ।

    नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ३ सय ५२ पुगेको छ । 

    आइतबार ४० जना डिस्‍चार्ज भएका छन् । हालसम्म १६ हजार ३ सय ५३ जना डिस्‍चार्ज भएका छन् । काठमाडौं उपत्यकामा मात्र ९२ जना संक्रमित भेटिएका छन् ।

    हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ पुगेको हो ।

    हाल मुलकभरका क्वारेन्टाइनमा ११ हजार ८ सय ३८ जना रहेको प्रवक्ता गौतमले बताएका छन् । 

    नेपालमा आजसम्म कोरोनाको कारण ७३ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार