काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले टुक्राटाक्री जोडेर बनेको गठबन्धन आवश्यक नरहेको बताएका छन् । गठबन्धन सरकारले देश विकासको काम गर्न नसक्ने भन्दै एमाले सरकारले मात्र काम गर्न सक्ने उनको भनाइ छ ।
बुधबार सुनसरीको लौकीमा आयोजित चुनावी सभामा ओलीले अघिल्लो निर्वाचनमा एमाले दुई तिहाइ बहुमतको नजिक नभएको, अल्पमतमा परेकाले यसपटक बहुमत चाहिने बताए । ‘अघिल्लो निर्वाचनमा एमालेले बहुमत पाएको होइन । एमालेले प्रत्यक्षले ८० सिट र समानुपातिकमा ४१ सिट पायो । बहुमत ल्याउन सकेन । त्यही भएर त्यसबेलाको सरकारले पूर्ण कार्यकाल बिताउन सकेन,’ ओलीले भने, ‘अब एमालेले बहुमत पाएमा बलियो सरकार बन्ने बन्छ । सुदृढ सरकारले मात्र देश विकासको काम गर्छ ।’
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसको पालिमुनि गएर बसेको भन्दै उनको कडा आलोचना गरे । प्रचण्ड पार्टी एकता गर्न नभई सिंगो पार्टी प्रतिक्रियावादीलाई बुझाउन एकताको नाटक गरेको आरोप लगाए ।
उनले बालक, वृद्ध, महिला सबैको उत्थानको काम एमालेले मात्र गर्न सक्ने दाबी पनि गरे । ओलीले कोरोना कालमा एमाले सरकारले धेरै राम्रो काम गरेको पनि जिकिर गरे । उनले वर्तमान सरकारले कोरोनाविरुद्धको खोपमा भ्रष्टाचार गरेको आरोप पनि लगाए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend