एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले पदमा रहँदा देशलाई असफल बनाएर छाडेको टिप्पणी गरेका छन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणापछि बाइडेनले उनको आलोचना गरेका हुन् ।
‘डोनाल्ड ट्रम्पले अमेरिकालाई असफल बनाए’, बाइडेनले एक ट्वीटमा भने । जी २० शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाइडेन हाल इन्डोनेसियाको बालीमा छन् ।