Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपत्यकामा मतदानको दिन बिहानदेखि सवारीसाधन चल्न नपाउने 


    बुधबार, कार्तिक ३० २०७९
    365
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं उपत्यकमा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका दिन बिहानदेखि सवारीसाधन सञ्चालन गर्न नदिने भएको छ । 

    जिल्ला प्रशासन कार्यालय काठमाडौंको कार्यालयमा बुधबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ४ मंसिर  मतदानको दिन आइतबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।

    यद्यपि, निर्वाचन आयोगबाट सवारीसाधन सञ्चालनसम्बन्धी जारी मापदण्डअनुसारका अनुमति प्राप्त सवारीसाधनलाई भने सञ्चालनमा नरोक्ने बैठकले निर्णय गरेको छ । 

    निर्वाचन लक्षित सुरक्षा व्यवस्थाबारे छलफल गर्न बसेको उक्त बैठकले मदिरा विक्री वितरणमा पनि रोक लगाउने निर्णय गरेको छ ।

    निर्णयअनुसार १ मंसिर बिहीबारदेखि मतदानको दिन ४ मंसिर मध्यराति १२ बजेसम्म काठमाडौं उपत्यकामा मदिरा विक्री वितरण, ओसारपसारमा रोक लगाइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार