Nepal Face
  • आइतबार, १० साउन २०८३
  • झापामा एक हात्ती मृत अवस्थामा फेला 


    बुधबार, कार्तिक ३० २०७९
    1.8K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापाको चारकोशे जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका- १ स्थित घेरावारि निवासी गङ्गा दाहालको धान खेतमा एक वयस्क भाले हात्ती मृत अवस्थामा फेला परेको  छ । 

    मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडा अध्यक्ष महावीर लिम्बू रञ्जितले बताए । हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन,’ उनले भने ,’ हात्तीको पेट सुन्निएको छ । दाह्रा पनि छैन।’

    डिभिजन वन कार्यालयको टोली आएर पोस्टमार्टम गरिरहेको र त्यसपछि खाल्डो खनेर अन्त्येष्टि गरिने उनले बताए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार