Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बस र मोटरसाइकल जुध्दा झापामा दम्पतीको मृत्यु


    मंगलबार, कार्तिक २९ २०७९
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा। झापामा मंगलबार अपराह्न भएको सवारी दुर्घटनामा एक दम्पतीले ज्यान गुमाएका छन् ।

    कन्काई नगरको दुर्गापुरमा बस र मोटरसाइकल जुध्दा मोटरसाइकल चालक झापाको अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीया सीतादेवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

    दुर्घटनाका घाइते दम्पतीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार