Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ७३ वर्षीया सासूको हत्या आरोपमा ज्वाइँ पक्राउ


    मंगलबार, कार्तिक २९ २०७९
    990
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । सुर्खेतमा ७३ वर्षीया वृद्धा सासूको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । लेकवेशी नगरपालिका-९ चौरासेस्थित तिल्के पानीमा बस्दै आएकी अन्दाजी ७३ वर्षीया डिल्लीसरा जैसी (भण्डारी) को हत्या आरोपमा सोही ठाउँका ३३ वर्षीय शालिकराम बास्तोलालाई प्रहरीले पक्राउ गरेको हो ।

    सोमबार साँझ बास्तोला र जैसीबीच वादविवाद भएको अनुसन्धानका क्रममा खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले जनाएको छ ।

    डिल्लिसरा बस्दै आएको घरदेखि करिब एक हजार पाँच सय मिटरको दुरीस्थित कच्ची घरमा विवाद हुँदा वास्तोलाले धकेलेपछि ढुंगामा टाउको ठोक्किदा मृत्यु भएको प्रहरीले जनाएको छ । जैसी र बास्तोला नाताले सासू-ज्वाइँ हुन् ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार