Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंसिरमा बैंकहरूले निक्षेपको ब्याज स्थिर राख्ने


    मंगलबार, कार्तिक २९ २०७९
    650
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । आगामी मंसिर महिनमा वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदर नबढाइ स्थिर राख्ने भएका छन् । आज मंगलबार बिहान बसेको बैंकर्स संघको बैंठकले अर्थतन्त्रको सूचकहरुमा स्थिर नै रहेकोले ब्याजदरमा तल-माथि गर्नुपर्ने कुनै अवस्था नदेखिएको निष्कर्ष निकालेको हो। 

    ‘मंसिरका लागि पनि बैंकहरुले कात्तिककै बराबर ब्याजदर प्रकाशित गर्ने निर्णय भएको छ,’ नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले भने, ‘ब्याज बढाएर मात्र निक्षेप नबढ्ने र लागत मात्र बढ्ने भएकाले मंसिरमा ब्याजदर स्थिर राखिएको हो ।’ पछिल्लो समय ब्याजदर बढी भयो भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । हाल भने निर्वाचनका लागि भन्दै आन्दोलन स्थगित गरेका छन् । यही समयमा बैंकहरुले निक्षेपको ब्याज नबढाउने निर्णय गरेका छन् ।

    ‘मुख्य आर्थिक सूचकहरु पहिलेकै ठाउँमा छन् । मुद्रास्फीति पहिलेकै ठाउँमा छ,’ उनले भने, ‘मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले लिने लक्ष्यअनुसार पुसमा ब्याजदर तल-माथि गर्नर् सकिन्छ । तर अहिले यथावत राख्ने कुरा भएको छ ।’ यसबाहेक कुनै औपचारिक सहमति पनि नगरिएको उनले बताए ।

    ६ महिनापछि गत असोजमा बैंकहरुले औसत १० प्रतिशतका दरले निक्षेपको ब्याजदर बढाएका थिए ।

    भदौसम्म व्यक्तिगत मुद्दती निक्षेपमा ११.०३ प्रतिशत तथा संस्थागत मुद्दती निक्षेपमा ९.०३ र बचतमा न्युनतम ६.०३ देखि अधिकतम ९.०३ प्रतिशत ८.०३ प्रतिशत ब्याजदर रहेको थियो ।

    असोजमा १० प्रतिशतका दरले वृद्धि भएर व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर १२.१३३ प्रतिशत तथा बचतको न्युनतम ७.१३३ र अधिकतम ९.१३३ प्रतिशतसमम पुगेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार