Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ३ दिनपछि भेटियो राप्ती नदीमा डुबेका किशोरको शव 


    मंगलबार, कार्तिक २९ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । साथीहरुसँग नुहाउन भन्दै राप्ती नदीमा डुबेर बेपत्ता भएका एक किशोरको तीन दिनपछि शव फेला परेको छ ।

    दाङको राप्ती नदीमा शनिबार नुहाउने क्रममा डुबेर वेपत्ता भएका गढवा गाउँपालिका– १ बडहराका १६ वर्षीय निश्चल यादवको शव आज मंगलबार बिहान फेला पारेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक रञ्जु केसीले जानकारी दिइन् ।

    यादव गत कार्तिक २६ गते साथीहरुसँग नुहाउन भन्दै राप्ती नदीमा गएका थिए । किशोर डुबेर खबर पाए लगतै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी कार्य सुरु गरेका थिए ।

    नदीमा डुबेकाे चौथो दिनमा गोताखोरको टोलीले दुई सय मिटर पश्चिम झोलुङ्गे पुलको नजिकै उनको शव फेला पारेको बताईएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार