Nepal Face
  • आइतबार, १० साउन २०८३
  • किसानको तोरी सहकारीले किन्ने


    आइतबार, साउन २५ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • झापा । मेचीनगरको सहज महिला समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाले किसानलाई तोरी खेतीका लागि अनुदान घोषणा गर्दै उत्पादन भएका किनिदिने भएको छ । सहकारीको शनिबारको साधारणसभाले स्थानीय किसानलाई तोरी खेतीप्रति आकर्षण गर्न प्रतिबिघा रु दुई हजार अनुदान दिने निर्णय गरेको संस्थाका अध्यक्ष शारदा शर्माले बताउनुभयो ।

    संस्थाले तोरी तेल उद्योग नै सञ्चालन गर्ने निर्णय गरेको छ । उहाँका अनुसार संस्थाले मेचीनगरका–९ देखि १५ सम्मका सबै तोरी किसानलाई प्रोत्साहनस्वरुप अनुदान उपलब्ध गराउने छ । यो अनुदान मल र बीउ किन्नका लागि दिइएको हो । मेचीनगर–१० स्थित सहकारीले स्थापनाकालदेखि नै तोरीको शुद्ध तेल आफँैले उत्पादन गरी सदस्यलाई सहुलियतमा बिक्री गर्दै आएको छ । विगत वर्षदेखि संस्थाले भाडामा जग्गा लिई तोरी खेतीसमेत गर्दै आएको छ । आव २०७६÷०७७ मा रु एक करोड ४४ लाखको कारोवार गरेको संस्थाले यस वर्ष १२ बिघा जग्गा भाडामा लिएर आफँै तोरी खेती गर्ने तयारी गरेको छ ।रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार