Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • दुई शिक्षकमा कोरोना देखिएपछि गाउँपालिकाको सेवा बन्द


    आइतबार, साउन २५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिन्धुपाल्चोक । सल्यानबाट यही साउन १७ गते आएका सेतीदेवी मावि र रत्न राज्य माविका दुई शिक्षकमा कोरोना देखिएपछि जुगल गाउँपालिकाको कार्यालय आजदेखि बन्द गरिएको छ ।

    शिक्षकमा कोरोना देखिएपछि वडा नं ५ कार्यालयसहित वडा कार्यालयसमेत बन्द गरिएको हो । आगामी भदौ १ गतेदेखि भर्ना अभियान सञ्चालन गर्ने र भदौ १५ गतेदेखि विद्यालयमा पठनपाठन सञ्चालन गर्ने सरकारको निर्णय अनुरुप सल्यानबाट ती शिक्षक जुगल आएका हुन् । उहाँहरुले सल्यानबाट आउँदा थानकोटमा पीसीआर परीक्षणका लागि स्वाब दिएका थिए । त्यसपछि उहाँहरु जुगल आएका वडा नं ५ का वडाध्यक्ष सनत अधिकारीले बताउनुभयो ।

    धेरै मानिससँग भेटघाट गरेको पाइएकोले हाल दुई शिक्षकमध्ये एक जना टेकुको प्रयोगशालामा उपचाररत छन् भने एकजना जिल्ला अस्पताल चौताराको आइसोलेसनमा उपचाररत छन् । अब कन्ट्रयाक ट्रेसिङको काम थालिने वडाध्यक्ष अधिकारीले जानकारी दिनुभयो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार