काठमाडौं । नेपाली चलचित्र क्षेत्रको चर्चित अभिनेता प्रदीप खड्काले भारतको ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा ‘डेब्यु अभिनेता’को अवार्ड हात पारेका छन् । हिजो आइतबार साँझ आयोजित ‘ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा उनलाई फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणबाट फिचर फिल्मतर्फको डेब्यु अभिनेताको अवार्ड दिइएको हो ।
अवार्डका लागि अभिनेता प्रदीप र ‘प्रेमगीत-३’ का निर्माता अहिले भारतको आगरामा छन् ।‘प्रेमगीत ३’ का निर्माता तथा निर्देशक सन्तोष सेन हुन् । ‘प्रेमगीत-३’ भारत लगायत अन्य देशमा पनि प्रदर्शन भएको थियो ।
उक्त फिल्मले विश्वव्यापी रुपमा ३९ करोड कमाएको यो फिल्मले नेपालबाट मात्रै १५ करोड ८ लाख कमाएको निर्माण युनिटले बताएको छ।