काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण बढ्ने क्रम तीव्र भएसँगै लकडाउन गर्ने विकल्पमा चर्चा चलेको छ । यसबारे निर्णय गर्नका लागि कोडिभ–१९ संकट व्यवस्थापन समितिको बैठक आइतबार बस्दैछ । दिउँसो ४ बजे बस्ने बैठकमा हवाई सेवा तथा लामो दुरीका यातायात सञ्चालनको तयारीबारे समेत छलफल हुनेछ ।
सरकारले १ भदौदेखि हवाई उडान र लामो दुरीका यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । तर, संक्रमण ह्वात्तै बढेपछि यसबारे थप छलफल गर्न लागिएको छ । सो निर्णय कार्यान्वायन सर्नसक्ने एक मन्त्रीले बताए ।
त्यस्तै संक्रमण बढेको अवस्थामा पनि सीसीएमसीले नयाँ रणनीति बनाउने सम्भावना रहेको बताइएको छ ।