एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ नेता सी जिनपिङबीच आज बालीमा भेटघाट हुँदै छ । दुई महाशक्तिबीचको सम्बन्ध अहिले चिसिएको बेला यी दुई नेताबीच भेटवार्ता हुन लागेको हो । नोभेम्बर १४ (मंगलबार) देखि इण्डोनेसियामा हुने जी-२० राष्ट्रहरुको बैठकका लागि दुबै नेताहरू अहिले इन्डोनेसिया मै छन् ।
सी पुनः चीनको राष्ट्रपति चयन भएपछि यी दुई शक्ति राष्ट्रका नेताहरुबीच पहिलो पटक भेट हुन लागेको हो । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै भेट हुन लागेको पुष्टि गरेको हो ।
यी दुई देशबीचको सम्बन्धलाई विस्तार गर्ने र प्रतिष्पर्धालाई मर्यादित बनाउने याेजना रहेकाे छ ।