Nepal Face
  • आइतबार, १० साउन २०८३
  • स्लोवेनियामा पहिलो पटक महिला राष्ट्रपति निर्वाचित


    सोमबार, कार्तिक २८ २०७९
    740
    Shares
  • २ मिनेट पाठ
  • एजेन्सी। स्लोभेनियामा पहिलो पटक महिला राष्ट्रपति निवाचित भएकी छन्  । नतासा पिर्क मुसार पेशाले पत्रकार र वकिल हुन् र उनी  देशको पहिलो महिला राष्ट्रपतिको रुपमा निर्वाचित भएकी हुन् ।  जसले स्लोभेनियाको वामपन्थी सरकारले समर्थन गरे पनि स्वतन्त्र रूपमा चुनाव लडेकी थिइन्। पत्रकार तथा वकिल मुसार अमेरिकी पूर्वप्रथम महिला मेलानिया ट्रम्पसँग निकट मानिन्छिन् ।

    उनले पूर्वविदेशमन्त्री आन्जे लोगरलाई पराजित गरेकी छन । मुसारले करिब ५४ प्रतिशत मत प्राप्त गरेकी थिइन् भने लोगरले ४६ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । करिब २० लाख जनसंख्यामा ४९ दशमलब ९ प्रतिशत मतदान भएको आयोगले जनाएको छ ।

    पिर्क मुसर पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पकी वकिल हुन्। उनले आफ्नो पतिको राष्ट्रपति चुनावको समयमा स्लोभेनियामा जन्मेकी मेलानियाको हितको रक्षा गर्ने सम्बन्धमा उनको वकिलको रूपमा संयुक्त राज्य अमेरिकाकी तत्कालीन प्रथम महिला मेलानिया ट्रम्पसँग काम  गरेकी थिईन्। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार