काठमाडौं, ७ चैत । बैंक, अस्पताल, होटललगायतका विभिन्न संघसंस्थाले कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायहरु साबुनपानीले हात धुनेदेखि स्यानेटाइज प्रयोग गर्ने क्रम सुरु गरेका छन् । तर नेपाल सरकार संघीय सरकारका मन्त्रालयहरुले नै कोरोना रोकथामका लागि न्यूनतम सतर्कता अपनाउने दायित्व पूरा गरेका छैनन् ।
सिंहदरवारभित्र विभिन्न कामले मन्त्रालयमा जाने कर्मचारी वा सेवाग्राहीका लागि स्यानिटाइजको ब्यवस्था गरिएको छैन । प्रायः सबै मन्त्रालय सिंहदरवारभित्रै छन् । हरेक मन्त्रालयका सचिव र सहसचिवहरु कोरोना सम्बन्धी छलफल वा कार्यक्रममा भाग लिन गएको जवाफ दिने गरिन्छ । तर तिनै सचिव र सहसचिवहरुले आफ्नै मन्त्रालयकमा कोरोना रोकथामका लागि मन्त्रालयको मूल ढोकामा स्यानिटाइज राखेको पाइएन ।
प्रधानमन्त्री कार्यालय, रक्षा मन्त्रालय र सहरी विकास मन्त्रालयले स्यानिटाइज राखेको पाइयो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा पनि स्यानिटाइज सेवाग्राहीले देखिने गरी राखेको पाइएन ।
सहरी विकास मन्त्रालयको मूलढोकामा स्यानिटाइज राखिएको पाइयो । नेपाल निजामती कर्मचारी युनियनका पूर्वअध्यक्ष मोहन घिमिरेले स्यानेटाइज राख्नुपर्नेबारेमा ध्यानाकर्षण गराएपछि सहरी विकास मन्त्रालयका आन्तरिक प्रशासन शाखाका उपसचिव जीवन सेढाईले स्यानेटाइज राखेका छन् । सहरी विकास मन्त्रालयको मूलढोकामै स्यानेटाइज राखिएको छ । साथै साबुनपानीले हात धुन बाल्टिनमा पानी पनि ब्यवस्थाा गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा स्यानिटाइज राखेको देखिएन । प्रवक्ता सुमन घिमिरेको कार्यकक्षमा स्यानेटाइज नराखिएकोाबारेमा प्रतिक्रिया लिन जाँदा पहिलो तलामा राखिएको जानकारी दिइयो । मन्त्रालयमा जानेहरुले उक्त स्यानेटाइज राखेको स्थान सोधीखोजी गरेमात्र पत्ता लाग्ने गरी राखिएको थियो । मन्त्रालयको सोधपुछ कक्षमा राखिएको छैन ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार कार्यालय खोल्नेवित्तिकै स्यानिटाइज प्रयोग गर्ने र आगन्तुकको तापक्रम नाप्ने काम गर्यो । तर दिउँसो २ बजे दायाँपट्टि शौचालयमा गएर साबुनपानीले हात धुनुहोला भनी कागजमा कम्प्युटर टाइप गरेको सूचना मात्र टाँस गरिएको थियो । न त स्यानिटाइज थियो न हात धुने पानी नै थियो । पर्यटन मन्त्रायलको सोधपुछ कक्षका कर्मचारीलाई सोध्दा बिहान त तापक्रम नाप्ने र स्यानिटाइज प्रयोग गर्न लगाइएको थियो । तर अहिले कहाँ लगियो भनी अनभिज्ञता जाहेर गरे ।
त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा पनि कोरोना रोकथामको उपाय स्यानेटाइजसमेत राखिएको भेटिएन । अर्थ मन्त्रालय, कृषि तथा पशुपंक्षी मन्त्रालय र गृहमन्त्रालयको ढोकामा पनि राखिएको छैन । भूमिब्यवस्था, कानुन मन्त्रालयमा पनि स्यानिटाइज राखिएको छैन । संचार तथा सूचना प्रविधि मन्त्रालयमा पनि स्यानिटाइज राखिएको देखिएन ।