Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ओलीले भने- प्रचण्ड जहाँ पुग्यो त्यहीँको मान्छेलाई मन्त्री बनाउँछु भन्छन् 


    आइतबार, कार्तिक २७ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अव्यवहारिक कुरा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हिँडेको आरोप लगाएका छन्। आज आइतबार कालिकोटमा भएको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने जसलाई पनि मन्त्री बनाउँछु भन्दै अध्यक्ष प्रचण्ड हिँडेको बताएका हुन्। 

    ‘कतिजना मानिसहरू जहाँ पुग्यो त्यहीँको मानिसलाई मन्त्री बनाउँछु भनिरहेका छन्। हरिबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु। रामबहादुर भेटियो उसलाई मन्त्री बनाउँछु… शान्तिदेवी देखियो मन्त्री बनाउँछु, क्रान्तिदेवी देखियो मन्त्री बनाउँछु,’ प्रचण्डप्रति लक्षित गर्दै ओलीले भने, ‘यस्तो खालको अव्यवहारिक र अनुचित तरिका हो।’

    ओलीले दुर्गम ठाउँबाट जिताएका व्यक्तिलाई मन्त्री बनाउने स्वभाविक भएको बताए। ‘मैले मन्त्री दिन्छु भन्ने झुट कुरा हो। जहाँको भाषण पनि मन्त्री बनाउँछु भन्ने मैले सुने,’ उनले भने, ‘जहाँका पनि मन्त्री बनाउँछु भन्ने? १६५ जना मन्त्री बनाउने?’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार