Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल टेलिकमको निर्वाचन अफर सार्वजनिक


    आइतबार, कार्तिक २७ २०७९
    835
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। नेपाल टेलिकमले आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको चुनाव नजिकिएसंगै निर्वाचन अफर सार्वजनिक गरेको छ । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताका साथ मोबाइलमै प्राप्त गर्नका लागि टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको हो । अब निर्वाचन हुन् मात्र ७ दिन बाँकी रहेको छ। 

    यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको छ । डाटा प्याक अन्तर्गत रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ । यो अफर आज (२०७९ कात्तिक २७) देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ ।

    यसैगरी आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार