Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बर्दियामा पाटेबाघ मृत अवस्थामा भेटियो 


    आइतबार, कार्तिक २७ २०७९
    750
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका–८ स्थित गणेश शिवदुर्गा सामुदायिक बनमा वयस्क पोथी पाटेबाघ मृत अवस्थामा भेटिएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ। 

    राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) बर्दियाका संरक्षण अधिकृत डा. रविन कडरियाका अनुसार सामुदायिक वनमा भालेसँगको लडाईमा पोथी बाघको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट बुझिन आएको छ ।

    उक्त पाटेबाघको पोष्ट मार्टम र अन्य रिपोर्ट पछि मात्र घटनाको यकिन विवरण बाहिर आउने वन कार्यालयको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार