Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जिपको ठक्करबाट मोटरसाइकलमा सवार युवाको मृत्यु


    आइतबार, साउन २५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भक्तपुरमा शनिबार राति जिपको ठक्करबाट एक युवाको मृत्यु भएको छ।

    भक्तपुर नगरपालिकास्थित च्यामासिंबाट जगातितर्फ आउँदै गरेको बा १९ च ३३८४ नम्बरको जिपले बा ६६ प २८१० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

    दुर्घटनामा मोटरसाइकलमा सवार भक्तपुरको कमलविनायकका २९ वर्षका सुमन कुटवाल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी बृत्त जगातिका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

    जिप चालक रामेछाप खनियापानी गाउँपालिका-७ घर भई काठमाडौँ शङ्खमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि फरार भएका उनलाई पछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार