Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले बन्द गरे भेटघाट , दोस्रो पीसीआरको रिपोर्ट कुर्दै


    आइतबार, साउन २५ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटघाट बन्द गरेका छन्। कोरोना संक्रमणको जोखिम बढेको भन्दै प्रचण्डले भेटघाट बन्द गरेको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

    केही दिन अघि प्रचण्डको बाहिरी घेराको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीमा संक्रमण देखिएको थियो। सुरक्षाकर्मीलाई संक्रमण देखिएपछि प्रचण्डको सचिवालय, परिवारका सदस्य र अरु सुरक्षाकर्मीको परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो। यद्यपि  एक हप्ताका लागि उनले भेटघाट नगर्ने निर्णय गरेका हुन्।

    नेकपा भित्रको बिवाद बढिरहेका बेला नेताहरुले भेटघाट तीब्र बनाएका थिए। तर पछिल्ला दिनमा संक्रममणको जोखिम बढेपछि विभिन्न राजनीतिक दलका नेताहरुले भेटघाट बन्द गर्न थालेका छन्।

    यसअघि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पनि भेटघाट बन्द गरेको घोषणा गरेका थिए। तर उनी पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा भने सहभागी भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार