काठमाडौं । जनता समाजवादी पार्टीको साउन २१ देखि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार सम्पन्न भएको छ । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिको बैठकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई चौथो मर्यादाक्रममै राखिएको बिषयले चर्चा पाएको छ । २०७७ जेठ २५ मा निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने र त्यसपछिको मर्यादाक्रममा अशोकुमार राई र डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहने गरी मर्यादाक्रम राखिएको थियो । शनिबार सम्पन्न जनता समाजवादी पार्टीको बैठकमा पनि भट्टराईलाई चौथो नम्बरमै राखिएको छ ।
पार्टी दर्ता गर्दा चौथो नम्बरमा राखिए पनि उनलाई संघीय परिषदको अध्यक्ष बनाउने भनिएको थियो । तर शनिबारको बैठकले संघीय परिषदको अध्यक्ष पनि बनाएन । उनलाई चौथो बरियतामै राखी बैठक सम्पन्न भएको थियो । बैठकले मर्यादाक्रम पनि नतोकी सम्पन्न भएको छ । भट्टराईलाई चौथो मर्यादाक्रममा राखिएकोबारेमा जसपाका कार्यकारिणी सदस्य मनिषकुमार सुमन भन्छन्, उहाँको मर्यादाक्रम त पार्टी दर्ता गरेको दिन जेठ २५ मै तोकिएको हो । पार्टी दर्ता गर्दा उहाँ चौथो नम्बरमा हुनुहुन्थ्यो । त्यही कायम छ । मर्यादाक्रम तोकिएन त भन्ने जिज्ञासामा उनले भने–‘मर्यादाक्रम त निर्वाचन आयोगमा पार्टी दर्ता गर्दाकै दिन तय भइसकेको छ ।’
जसपाको शनिबार सम्पन्न बैठकले राष्ट्रिय परिषद गठन नै नगरी टुंगिएको छ । जबकि कार्यकारिणी बैठकको एजेन्डा राष्ट्रिय परिषद गठन पनि थियो ।
चोक्टा खान गएका बाबुराम..डुबे
माओवादी केन्द्रमा सधैं दोस्रो नम्बरको नेतामा सीमित भएको र प्रचण्ड रहुन्जेल पहिलोमा आउन असम्भव देखेपछि डा. बाबुराम भट्टराईले नयाँशक्ति पार्टी खोलेर त्यसको सुप्रिमो भए । पूर्वप्रशासक, अवकाश पाएका प्रहरीका उच्च अधिकारीदेखि नेपाली कांग्रेस र तत्कालीन एमालेभित्र अस्वीकृत भएका असन्तुष्टहरुको जमात भेला गरी उनले पार्टी गठन गरे । ठूला पार्टीको विकल्पका रुपमा नयाँशक्ति भारतको अरविन्द केजरीवालको आप पार्टी जस्तै हुने अपेक्षा बाबुरामको थियो । केजरीवालाको त दिल्लीमा प्रभाव अद्यापि छ । तर भट्टराईले गोरखामा चुनाव जित्न पनि कांग्रेसको शरणमा जानुपर्यो । २०७३ को स्थानीय चुनावसम्म आइपुग्दा बाबुरामको नयाँशक्ति पार्टीको कुनै अस्तित्व देखिएन । त्यसअघि नै बाबुरामको कार्यशैलीबाट धेरै नेताहरु पुरानै पार्टीमा फर्किसकेका थिए । स्थानीय चुनावपछि बाँकी पनि फर्किए । पूर्वप्रशासकहरु पनि हतोत्साही हुँदै पार्टी त्यागेपछि बाबुराम २०७४ को प्रतिनिधिसभा निर्वाचनमा गोरखाबाट चुनाव जित्नका लागि कांग्रेसको शरणमा पुगे ।
२०७४ को निर्वाचनपछि बाबुराम उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग मिल्न पुगे । बाबुराम र उपेन्द्रको एकतापछि समाजवादी पार्टी नेपाल बन्यो । त्यहाँ उनी संघीय परिषदको अध्यक्ष भए पनि अधिकारका हिसाबले दोस्रो नै थिए । २०७७ बैशाख १० मा प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टीका उपेन्द्रसँग असन्तुष्टहरुलाई लिएर पार्टी फुटाउन अध्यादेश ल्याएपछि रातारात राष्ट्रिय जनता पार्टीसँग एकता गर्न पुगेपछि बाबुरामको हैसियत चौथो नम्बरमा पुगेको थियो ।
२०७७ जेठ २५ मा निर्वाचन आयोगमा पार्टी दर्ता गराउँदा महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहने र त्यसपछिको बरियतामा अशोकुमार राई र डा. बाबुराम भट्टराई र राजेन्द्र महतो रहने गरी मर्यादाक्रम राखिएको थियो । शनिबार भएको जनता समाजवादी पार्टीको बैठकमा पनि भट्टराईलाई चौथो नम्बरमै राखिएको छ । पार्टी दर्ता गर्दा चौथो नम्बरमा राखिए पनि उनलाई संघीय परिषदको अध्यक्ष बनाउने भनिएको थियो । तर शनिबारको कार्यकारिणी समितिको बैठकले संघीय परिषदको अध्यक्ष पनि बनाएन । उनलाई चौथो बरियतामै राखी बैठक सम्पन्न भएको थियो ।
काठमाडौँ। नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष नवनिर्वाचित केन्द्रीय कार्यसमितिको विवरण बुझाएको छ। कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आयोगमा अध्यावधिक गरिएको हो। निर्वाचन आयोगका...
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै विपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन्...
काठमाडौं। विपक्षी दलहरूको बैठकले तत्काल सङ्घीय संसद्को बैठक बोलाउन सरकारलाई आह्वान गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित नेपाली काङ्ग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकमा बिचौलियासँग...
काठमाडौँ। नेपाली कांग्रेसको आह्वानमा प्रतिपक्ष दलको बैठक सुरु भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलको बैठक सुरु भएको हो। बैठकमा कांग्रेस संसदीय दलका...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रमा निर्वाचनबाट प्राप्त जनादेश शासन सञ्चालनको अधिकार भएपनि संविधान र कानुनभन्दा माथि उठ्ने अनुमति नभएको बताएको छ। आज...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend