पोखरा । पाेखरामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पश्मिाञ्चल अस्पताल पोखरामा उपचाररत ६२ वर्षिय पुरुषको मृत्यु भएको हाे ।
मृतक पोखरा -१९ लामाचौरका हुन् । संक्रमित पुरुष डायबेटिजका पनि बिरामी थिए । संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।मृतक पुरुष मधुमेहका दीर्घ रोगी समेत थिए ।कोरोना संक्रमणबाट मृत्यु हुनेमा उनी पोखराका पहिलो ब्यक्ति हुन । योसँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ ।