काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रीड शाखा, धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजारको चेकसहित पक्राउ गरेको छ ।
उप-प्रबन्धक (नवौं तह) गुप्ताले भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाको भुक्तानी दिन भनी पहिले नै चेक काटी उक्त चेक लिएर काठमाडौं आउँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो ।
गुप्तालाई हस्ताक्षर भैसकेका कार्यालयका चेक तथा स्वीकृत भैनसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौं जाने क्रममा सिन्धुली, कमलामाई नगरपालिका– ९ बाट पक्राउ अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले वताए ।
गुप्तामाथि बरामद चेक तथा कागजातसहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले वताए ।