काठमाडौं , चैत्र ७ । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई लक्षित गरेर ट्राफिक प्रहरीले मापसे जाँच पनि स्थगित गर्ने निर्णय गरेको छ ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले मापसे जाँच रोकिएको बताउनु भएको छ । यद्यपि, अत्यवश्यक अवस्थामा भने अस्पतालमा लगेर परीक्षण गरेर आफन्तको जिम्मा लगाइने ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताउनु भएको छ ।