Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जाडोमा आगो ताप्ने क्रममा जलेर बालकको मृत्यु


    बिहिबार, कार्तिक २४ २०७९
    645
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। तनहुँमा जाडो बढेर आगो ताप्ने क्रममा आगोले पोलेर एक बालकको ज्यान गएको छ। 

    जिल्लाको भिमाद नगरपालिका–७, अर्चलेमा आफ्नै घरको भान्सा कोठामा आगो ताप्नेक्रममा एक जना ९ वर्षीय बालकाको मृत्यु भएको प्रहरीको भनाई छ। 

    आफ्नै घरको भान्सा कोठामा आगोले अचानक पोल्दा ९ वर्षीय सुभाष थापा घाइते भएका थिए । उनको शरीरका विभिन्न भागमा पोलेको र उपचारका लागि तत्कालै पश्चिमाञ्चल अस्पताल पोखरा लगेको थियो । तर सुभाषको उपचारकै क्रममा बुधबार राति १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। 

    यस घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ। 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार