Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कतिमा हुँदैछ सुन-चाँदीको कारोबार ?


    बिहिबार, कार्तिक २४ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। हिजो बुधबार तोलामै १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    आज छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सोही मुल्यमा कारोबार भइरहेको थियो। 

    यता तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ।

    यस्तै, आज चाँदीको भाउ भने घटेको छ। बुधबार तोलामा ३० रुपैयाँले बढेको चाँदी आज भने १० रुपैयाँले घटेको छ। आज चाँदीको भाउ प्रतितोला १ हजार २ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार