Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  गगन थापा भन्छन्- प्रधानमन्त्री बन्नका लागि पहिले सांसद जित्नुछ 


    बुधबार, कार्तिक २३ २०७९
    850
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। चुनावी घरदैलोका क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले पहिले सांसद जितेर प्रधानमन्त्रीको उम्मेदवार हुन पार्टी संसदीय दलको नेताका लागि चुनाव लड्ने बताएका छन्।

    बुधबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा घरदैलो कार्यक्रममा सहभागी बनेका महामन्त्री थापाले आसन्न निर्वाचन जितेर पार्टीबाट संसदीय दलको नेताका लागि भिड्ने बताएका हुन् ।

    मंसिर ४ मा हुने चुनावका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका थापाले प्रधानमन्त्री उम्मेदवार बन्न पहिले सांसद जित्नुपर्ने बताए।

    ‘हाम्रो यो सिधै प्रधानमन्त्री निर्वाचित हुने व्यवस्था होइन। यसको एउटा बाटो छ। हामी निर्वाचित भएर सांसद बन्छौं। सांसद बनेपछि ती मध्येबाट संसदीय दलको चुनाव हुन्छ। त्यो संसदीय दलको नेता म लड्ने हो, जित्ने हो,’ उनले भने, ‘जो कांग्रेस संसदीय दलको नेता हुन्छ उही प्रधानमन्त्रीको उम्मेदवार हुने हो।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार