Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भूकम्पपछि डोटी पूर्वी चौकीको अवस्था (तस्बिरहरु)


    बुधबार, कार्तिक २३ २०७९
    715
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । डोटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु  भएर गएको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ। भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको छ भने सात जना घाइते भएको प्रहरीले जनाएको छ । उक्त भूकम्पले पूर्वी चौरमा ठूलो क्षति पुर्‍याएको छ । । 

    मङ्गलवार २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले उक्त क्षेत्रसहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् । राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।

    भूकम्पमा घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पुर्याइएको छ । उनीहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण भइरहेको अस्पतालले जानकारी दिएको छ ।Charkra-Malla-Doti.jpg

    bhukampa_s.jpg
    undefined
    bhukampa_bs.jpg
    undefined
    bhukampa_aa.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार