Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेंगुले प्रदेश १ का वनमन्त्री थापाको मृत्यु 


    बुधबार, कार्तिक २३ २०७९
    2.3K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। डेंगुका कारण आगामी प्रदेशसभा उम्मेदवार समेत रहेका प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको ५६ वर्षको उमेरमा निधन भएको छ । केही दिनअघि डेंगीबाट स‌ंक्रमित भएका मन्त्री थापाको बुधबार बिहान  साढे १० बजे विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।

    मोरङ क्षेत्र नम्बर ३(१) मा कांग्रेसबाट आगामी प्रदेशसभा उम्मेदवार रहेका थापा उम्मेदवारी दर्ताको भोलिपल्ट असोज २४ गते काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए ।

    अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार