Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनावी सभा सम्बोधन गर्न  मकवानपुर पुगेका विरोध खतिवडामाथि कुटपिट


    मंगलबार, कार्तिक २२ २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा आगामी निर्वाचन लक्षित चुनावी सभा सम्बोधन गर्न जाने क्रममा मकवानपुर–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको छ ।  

    जिल्लाको सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले कुटपिट गरेको एक प्रत्यक्षदर्शीले बताए। 

    कुटपिट गर्ने खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइदै गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताए । 

    खड्काले मादक पदार्थ सेवन गरेर पुरानो रिसइबी रहेको कारण नेता खतिवडामाथि हातपात गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार