Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डा. महत भन्छन्- ‘स्थिरता दिने नेतृत्व नै गठबन्धन, देउवाकै नेतृत्वमा अबको सरका बन्छ 


    मंगलबार, कार्तिक २२ २०७९
    810
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । सत्ता गठबन्धन नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अबको चुनापवपछि बन्ने सरकारको नेतृत्व नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नै गर्ने दाबी गरेका छन् । उनले थोरै बोल्ने तर खुरुखुरु आफ्नो काम गर्ने समेत भनेर देउवा कै तारिफ गरेका छन्। 

    मंगलबार बिहान हेटौंडामा नेपाल प्रेस युनियन मकवानपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अब बन्ने सरकार फेरि पनि शेरबहादुर देउवाकै नेतृत्वमा बन्ने  बताएका हुन् ।

    ‘स्थिरता दिने नेतृत्व भनेकै नेपाली कांग्रेसको नेतृत्वको गठबन्धन हो । अहिले पनि हामीसँग बहुमत छैन, तर शेरबहादुरजीले सबैलाई मिलाएर लैजानुभएको छ ।’ उनले भने, ‘१६५ सिटमा ९१ सिटमा कांग्रेस एक्लै छ, ७४ सिटमा बाँकी ४ दल छन् । नेतृत्वदायी भूमिकामा स्वभाविक रुपमा नेपाली कांग्रेस हो भन्ने कसलाई थाहा छैन र ।’

    उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोलेको बोल्यै गर्ने तर काम केही नगर्ने खालको नेता भएको टिप्पणी गरे ।

    पत्रकार सम्मेलनमा बोल्दै महतले भने, ‘आज देश जोड्ने सहिष्णु नेतृत्व चाहिएको छ । शेरबहादुरजीको नेतृत्व जोड्ने नेतृत्व हो । पार्टीभित्र एकताका साथ सर्वसम्मत निर्णय गर्नुभएको छ । अरु दललाई समेत जोडेर संविधान रक्षा, स्थिरता र समृद्धिको लागि लागिरहनुभएको छ ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार