Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बारा–४ मा प्रभु साहको समर्थन कांग्रेसका बागी इच्छाबहादुरलाई


    मंगलबार, कार्तिक २२ २०७९
    765
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन उम्मेदवार बनेका इच्छाबहादुर वाग्लेलाई एमाले त्यागेका प्रभु साह र बद्री न्यौपानेले समर्थन गर्ने भएका छन् । 

    बारा क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) र एमाले–जसपा गठबन्धनबाट एमालेका एकबाल मिया उम्मेदवार छन् ।

    यहाँबाट नेपाली कांग्रेसको तर्फबाट इच्छाबहादुर वाग्ले टिकटको दाबेदार थिए । तर सत्ता गठबन्धनको भागबण्डामा बारा–४ एकीकृत समाजवादीको भागमा परेपछि पूर्व श्रममन्त्री श्रेष्ठले टिकट पाए । गत वैशाखको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षहरुले पाएको मतको आधारमा छैटौं स्थानमा रहेको एकीकृत समाजवादीलाई कांग्रेसले सो क्षेत्र छाडेको भन्दै रुष्ट वाग्लेले स्वतन्त्र रुपमा उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएका छन् ।

    तिनै वाग्लेलाई ‘स्वतन्त्र उम्मेदवार जिताऔं अभियान’ चलाएका प्रभु साहले साथ दिएका हुन् । 

    उनीहरुले आज (मंगलबार) संयुक्त रुपमा फेटा गाउँपालिका क्षेत्रीय सभा आयोजना गरेका छन् । सभालाई वाग्लेसहित, साह र न्यौपानेले पनि सम्बोधन गर्ने कार्यक्रम छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार