Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुर्खेतका लागि उडेका प्रचण्ड खलंगामा ओर्लिए 


    मंगलबार, कार्तिक २२ २०७९
    895
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज कर्णालीका हिमाली जिल्लाका चुनावी सभालाई सम्बोधन गर्न सुर्खेत हिँडेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  मौसम प्रतिकूलताका कारण सल्यान खलंगामा ओर्लिएका छन् । सुर्खेतमा बाक्लो हुस्सुुले ढाकेको कारण हेलिकोप्टरले अवतरण गर्न नसकेपछि सल्यान गएर अवतरण गरेको स्रोतले जनाएको छ। 

    ‘प्रचण्ड’ ले आज कर्णाली प्रदेशका तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मौसम सुधार आएसंगै सल्यानमा अध्यक्ष प्रचण्ड केही समय बसेर खलंगाबाट हेलिमार्फत सुर्खेत प्रस्थान गरेको बताइन्छ । 

    प्रचण्डले हुम्लाको सर्केगाड,जुम्लाको खलंगा, र कालिकोटका मान्मा बजारमा हुने चुनावी सभालाई सम्बोधन गर्ने जुम्लाका माओवादी नेता मनऋषि धितालले बताए । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार