Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वागमती प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी दर्ता


    सोमबार, कार्तिक २१ २०७९
    710
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । वागमती प्रदेश सरकारविरुद्ध टुक्रे योजना बनाएर विकास बजेटबाट कार्यकर्तालाई फाइदा पुग्नेमात्र काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । संघीयताको मर्मविपरीत स्थानीय सरकारलाई बेवास्ता गर्दै उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको उजुरीमा उल्लेख छ ।

    प्रदेश मन्त्रिपरिषद्को २०७८ फागुन ६ गतेको निर्णयले विनियोजनन विधेयकविपरीत २२ सय ९९ वटा योजनामा रकमान्तर गरेको गरेर पाँच लाखको टुक्रे योजना उपभोक्ता समितिमार्फत गराउने निर्णय गरेको थियो ।

    नेपालको संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने निर्णय संविधान र कानूनविपरीत भएको भन्दै उजुरी परेको हो । 

    उपभोक्ता समिति बनाउँदा जनप्रतिनिधि आवश्यक नहुने, योजना छनौट गर्दा समेत स्थानीय सरकारलाई खबर गर्नुनपर्ने भएपछि प्रदेश सरकारले केही कार्यकर्ताहरूसँगको मिलेमतोमा योजना निर्माण गरेर सो योजनामा विनियोजन भएको रकम हिनामिना गर्न खोजेको उजुरीमा उल्लेख छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार