Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टीकापुरमा बसबाट खसेर घाइते भएका पुरुषको मृत्यु


    सोमबार, कार्तिक २१ २०७९
    765
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कैलालीको टीकापुरमा बसबाट खसेर गम्भीर घाइते भएका एक जना पुरुषको मृत्यु भएको छ । 

    जिल्लाको लम्कीचुहा घर भएका रुपलाल चौधरीले चलाएको बा५ख५८७२ नम्बरको बसबाट खसेर बसका साहु लम्कीचुहा–०१ बस्ने ४४ वर्षीय विष्णु देवकोटाका घाइते भएका थिए।

    टीकापुरबाट धनगढी आउँदै गरेको बसबाट खसेका देवकोटाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार