Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आफ्नै घरको कोठामा दम्पती मृत अवस्थामा भेटिए


    सोमबार, कार्तिक २१ २०७९
    550
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ५ पाल्पाली टोलमा एक दम्पती आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका छन् । देवदह प्रहरी चौकीका अनुसार ३६ वर्षीय बालेन्द्र जोल्मी मगर र उहाँकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृत भेटिएका हुन् ।

    घरको कोठामा भित्रबाट चुकुल लागेको अवस्थामा उनीहरूको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रीमती हेमकला भुईँमा पल्टिएको र श्रीमान् बालेन्द्र घाँटीमा सल बेरेर पङ्खामा झुन्डिएको अवस्थामा फेला परेका हुन ।  घटनाको प्रकृति हेर्दा  श्रीमानले श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको भनाई छ। 

     बालेन्द्र र हेमकलाका ८ वर्षीय छोरा छन् । श्रीमान् बालेन्द्र वैदेशिक रोजगारीबाट चार दिन अघि मात्रै घर फर्किएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार