काठमाडौँ। अस्ट्रेलियामा जारी टी–२० विश्वकपमा बंगलादेशलाई हराउँदै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बंगलादेशलाई ५ विकेटले हराउँदै पाकिस्तान समूह–२ बाट आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो। त्यस्तै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ
पाकिस्तानले अन्तिम ४ मा स्थान बनाएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ।
समूह चरणको अन्तिम खेलमा भारतले जिम्बाबेसँग खेल्दै छ। आजै हुने भारत र जिम्बाबेको बीचको खेलले समूह विजेताको टुङ्गो लगाउनेछ। समूह बी मा रहेको भारतले यसअघि नै अन्तिम ४ मा स्थान पक्का गरिसकेको छ।