Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • टर्कीमा गर्भवती श्रीमतीलाई भिरबाट खसाल्ने पतिलाई जन्मकैद


    आइतबार, कार्तिक २० २०७९
    680
    Shares
  • १ मिनेट पाठ
  • एजेन्सी। टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई  भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ । सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए । अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए ।

    हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका  थिए । ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको एक फैसलामा उल्लेख छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार