Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  संखुवासभामा समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार


    आइतबार, कार्तिक २० २०७९
    540
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको छ। शुक्रबार राति एकादशीको उपलक्ष्यमा संखुवासभा खाँदबारी पाङ्ठामा भएको एक साङ्गतिक कार्यक्रममा समीक्षामाथि केही युवाहरूले हो हल्लाकासाथ स्टेजमै ढुङ्गा प्रहार गरेका हुन्। अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए। 

    उनले साङ्गीतिक कार्यक्रम प्रस्तुत दिन लाग्दा उनी माथि ढुङ्गा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। 

    ढुङ्गा प्रहार गरिए पश्चात् समीक्षाले ‘‘यसो नगरिइदिनुस् तपाईँको घरमा पनि दिदी बहिनी होलान्। राम्रोनराम्रो भन्ने त जसको पनि भइहाल्छ नि।’’

    प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै विवाद साम्य भएको संखुवासभा प्रहरीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार