Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ मंसिरदेखि सवारी लाइसेन्सको अनलाइन आवेदन बन्द


    शुक्रबार, कार्तिक १८ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको छ ।

    शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको अनलाइन आवेदन प्रणाली आगामी १ मंसिरदेखि अर्को सूचना प्रकाशित नभएसम्म अनिश्चितकालका लागि बन्द हुने बताएको छ  ।

    ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले उक्त सेवा रोक्नु परेको सरकारको भनाई छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।license.jpg

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार