Nepal Face
  • आइतबार, १० साउन २०८३
  • म्याग्दीको घोडेपानीमा घोडादौड प्रतियोगिता 


    शुक्रबार, कार्तिक १८ २०७९
    670
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ स्थित पर्यटकीय स्थल घोडेपानीमा विदेशी तथा आन्तरिक पर्यटकलाई आकर्षित गर्न बिहीबार तेस्रो घोडादौड प्रतियोगिता आयोजना गरिएको छ । 

    प्रतियोगितामा १६ जना घोडा धावक सहभागी भएका छन् । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका –५ घोप्टेखर्कदेखि घोडेपानीसम्मको सात दशमलब पाँच किलोमिटर दूरी २५ मिनेट ३८ सेकेण्डमा पार गरेर कास्कीको अन्नपूर्ण गाउँपालिका चुइलेका हितमान गुरुङ प्रथम भएका छन् ।

    २५ मिनेट ५३ सेकेण्डमा दूरी पार गरेका घोडेपानीका याम पुन दोस्रो र कास्कीको छोम्रोङका सुमित गुरुङले २६ मिनेट ५४ सेकेण्डमा निर्धारित दूरी पार गरेर तेस्रो भएका हुन् । घोडेपानी घोडा व्यवसायी समितिले प्रतियोगिता आयोजना गरेको हो । 

    प्रतियोगितामा विजयी भएका प्रथम, द्वितीय र तृतीयलाई क्रमशः  ५१ हजार, ३१ हजार र २१ हजार रूपियाँ नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरिएको छ ।

    IMG_0376.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार