Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कमेडी च्याम्पियन टिमले फिल्म निर्माण गर्दै 


    बिहिबार, कार्तिक १७ २०७९
    685
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । स्ट्यान्ड अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ टिमले चलचित्र निर्माण गर्ने भएको छ । विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् भने उक्त फिल्ममा यम थापाको कथा रहने छ। बिहीबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाबीच चलचित्रका लागि सम्झौता भएको छ ।

    थ्रि प्रोडक्सन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्ने फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन् । नाम नजुराइएको फिल्म चाँडै छायांकनमा जाने निर्माण पक्षले जनाएको छ । 

    यो फिल्म आगामी दशैंमा प्रदर्शन गर्ने निर्माण टिमको योजना रहेको निर्देशक भण्डारीले जानकारी दिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार