Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विराटनगरको कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर एकको मृत्यु


    बिहिबार, कार्तिक १७ २०७९
    3.1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। विराटनगर महानगरपालिका-४ मा रहेको रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर आज दिउँसो एक जनाको मृत्यु भएको छ। 

    रामजानकी कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर-५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए। 

    कोल्ड स्टोरभित्र ग्यास लिक हुँदा निसास्सिएर बेहोस भएका चौधरीलाई स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि साढे १ बजेतिर विराट नर्सिङ होम एवं विराटनगर अस्पताल पुर्‍याएको थियो। उपचारका क्रममा २ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी श्रेष्ठले बताए। 

    स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए। त्यही बेला एक्कासि ग्यास लिक भएको थियो। बाहिर निस्कन नपाउँदै उनी बेहोस भएर ढलेको प्रहरीले जनाएको छ। 

    पोस्टमार्टमका लागि उनको शव कोसी अस्पताल लगिएको छ। स्थानीयले कोल्ड स्टोरको लापरबाहीले घटना भएको भन्दै सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्। 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार