Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप प्रकरण: बालिग भएको प्रमाण पेश, अभियोग नै खारेज हुनुपर्ने अधिवक्ताहरूको तर्क


    बिहिबार, कार्तिक १७ २०७९
    715
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। किशोरीमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस बन्द इजलासमा जारी छ।

    सन्दीपको पक्षमा अधिवक्ताहरू कृष्ण सापकोटा, सविता भण्डारी र सुवास पाठकले  बहस गरे।

    सन्दीपलाई बलात्कारको आरोप लगाउने किशोरीमाथि बालिग भएको प्रमाण नै पेश भएकाले नाबालिग भन्दै दायर भएको अभियोग नै खारेज हुनुपर्ने उनीहरूको तर्क छ। अब लव मैनाली, रमण श्रेष्ठ र शम्भु थापाले बहस गर्न बाँकी छ। उनीहरुकाे बहसपछि अदालतले थुनछेक आदेश सुनाउने छ । त्यसपछि अदालतले सन्दीपलाई थुनामा पठाउने कि धराैटीमा छाड्ने भनेर आदेश जारी गर्ने छ ।

    लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ। नाबालिका बलात्कार आरोपमा लामिछाने गत २० असोजमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध नाबालिकाले ५ भदौमा प्रहरीमा उजुरी दिएकी थिइन् । सोही आधारमा यही कात्तिक १४ गते उक्त मुद्दा अदालतमा दायर गरिएको थियो। 

    सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरिएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार