काठमाडौँ। हिजो बुधबार लाजिम्पाटमा स्कुल बसको झ्यालबाट टाउको निकाल्दा रुखमा ठोक्किएर गम्भीर घाइते भएका विद्यार्थीको आज मृत्यु भएको छ । उक्त दुर्घटनाबाट गम्भीर घाइते भएका विद्यार्थीको आज बिहीबार बिहान बिहान २:२१ बजे उपचारको क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलमा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय आयुष्मान दाहालको टाउको रुखमा ठोक्किएर घाइते भएका थिए । विद्यालयबाट घर फर्कने क्रममा विद्यालयकै बा १ क ४६४२ नम्बरको बसमा रहेका उनले टाउको झ्यालबाट बाहिर निकाल्दा रुखमा ठोक्किएको थियो । विद्यालयको गेट नजिकैको रुखमा टाउको ठोक्किदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो ।
दुर्घटनापछि उनलाई तत्काल उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगी उपचार गराइएको थियो ।